
काठमाडौं, २५ फागुन । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिवाना तिराएको छ ।
पूर्वराजाको स्वागतका लागि आयोजित प्रदर्शनका क्रममा वातावरण प्रदूषण गरेको भन्दै जरिवाता तोकिएको हो ।
महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पठाएको पत्रमा ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेको’ उल्लेख गरिएको छ ।










प्रतिक्रिया