२२ जेष्ठ २०८३, शुक्रबार

राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्रीको पनि तस्वीर !

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । आज काठमाडौंमा भएको राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्रीको पनि तस्वीर देखिएको छ ।

प्रदर्शनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसँगै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि तस्वीर देखिएको हो । प्रदर्शनस्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर ज्ञानेन्द्र शाहको तस्बिर प्रयोग भएको देखिएको छ ।

गत माघ १७ गते पूर्व राजा ज्ञानेन्द्र शाह उत्तर प्रदेशको गोरखपुर पुगेका थिए । त्यहाँ उनले उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेका थिए । उनी गोरखपुरबाट फर्केसँगै वर्तमान व्यवस्थाविरुद्ध मुख खोलेका थिए ।

नेपाल हिन्दू राष्ट्र हुनुपर्ने माग राख्दै आएका आदित्यनाथसँगको भेटपछि नेपालमा राजावादी जुर्मुराउनु साथै प्रदर्शनमा आदित्यनाथको तस्वीर नै प्रयोग गरेपछि संशय उत्पन्न भएको छ ।

राजनीतिक दलका नेताहरूले भारतीय उक्साहटमा नै यो प्रदर्शन भएको आरोप लगाइरहेका छन् । कतिपयले प्रदर्शनका लागि भारतले ठुलो रकम लगानी नै गरेको बताउँछन् ।