२५ जेष्ठ २०८३, सोमबार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलामा १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मुल्य तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।