
काठमाडौं, २४ फागुन । प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा सीतामाया पौडेल (अर्चना) निर्वाचित भएकी छन् । शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट उनी अध्यक्षमा चयन भएकी हुन् ।
यस्तै, उपाध्यक्षमा राजकुमार सिलवाल र संगीता अधिकारी चयन भएका छन् ।
महासचिवमा सौगात मिश्र, सचिवमा सन्तोष लुइँटेल, सुशील पुरी, श्रीराम तिवारी, रामचन्द्र बस्नेत, लीजा क्षेत्री र सन्तोष तामाङ निर्वाचित भएका छन् ।
यसैगरी, कोषाध्यक्षमा सुरेश जीसी निर्वाचित भएका छन् भने सदस्यहरु ज्योति जीसी, रोशनराज अर्याल, जीबी लामा र मेघराज पहाडी छन् ।








प्रतिक्रिया