
काठमाडौं, २४ फागुन । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले नामिबियालाई ९३ रनको लक्ष्य दिएको छ ।
युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा आजदेखि सुरु भएको चार देशीय सिरिजअन्तर्गत नेपालले नामिबियाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै १९.५ ओभरमा ९२ रन बनाएर अल आउट भएको हो ।
नेपालका लागि सम्झना खड्काले सर्वाधिक १८ रन बनाएकी थिइन् भने कविता जोशीले १६, पूजा महतोले १३ रन बनाएकी थिइन् ।
त्यस्तै, नामिबियाका बलर विलका एमवाटिल र मेकेलाय एमवाटिलले ३–३ विकेट लिएका थिए भने कायलीन ग्रिनले २ विकेट लिएकी थिइन् ।








प्रतिक्रिया