
अछाम, २४ फागुन । पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई अहिले सरकारले उच्च प्राथमिकतामा राखेको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
शनिबार एक कार्यक्रमका बीच अछाम, बाजुरा र डोटी जिल्लाका भुकम्प पीडितलाई मध्यनजर गर्दै जिल्ला समन्वय समिति अछामको कार्यालयमा स्थापना भएको जिल्ला भूकम्पिय पुननिर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय उद्घाटन गर्दै मन्त्री लेखकले पश्चिम् नेपालको डोटी बझाङ र जाजरकोट जिल्लामा गएको भूकम्पले जनधनसँगै मुलुकले ठूलो नोक्सानी व्यहोर्नु परेको बताएका हुन् ।
लामो समयसम्म भूकम्प पीडितले राहत नपाएको समयमा पूर्ण रुपमा क्षति भएका नीजि आवासको पुननिर्माण, पुनस्र्थापना र आवास मर्मतको कार्यलाई दुर्त गतिमा अगाडि बढाउने काम भइरहेको बताए । लाभग्राहीहरुलाई ढिलो नगरेर रकम उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीहरुलाइ आग्रह गरे ।
बजेट व्यवस्थापन सरकारले गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री लेखकले स्थानीय तहहरुले समयमा लाभग्राही छनौट गरेर पठाएमा पीडितहरुले समयमै रकम पाउने बताए ।
भूकम्पबाट क्षति भएका अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ र ४ का ४ जना लाभग्राहीहरुलाई आवास पुनः निर्माणअन्तर्गत पहिलो किस्ता प्रति व्यक्ति ५० हजारका दरले चेक हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, विपद प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर भीष्मकुमार भुसाल, प्रदेश सभा सदस्य मानबहादुर रावल, तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थित रहेको थियो ।












प्रतिक्रिया