२६ जेष्ठ २०८३, मंगलबार

प्रभु क्यापिटलद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरूलाई सम्मान

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने नेपाली नारीहरूको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरेको छ । प्रभु क्यापिटलका प्रबन्ध निर्देशक आशीष गौचन तथा सञ्चालन विभाग प्रमुख बसन्ता उपाध्यायले विभिन्न क्षेत्रका नेपाली महिलाहरूलाई सम्मानित गरेका हुन् ।

प्रभु क्यापिटलले सम्मान गरेका महिलाहरूमा सुगारिका केसी (पूर्व मिस नेपाल/ कर्पोरेट प्रशिक्षक/ प्रोफेशनल एमसी), सरिता श्री ज्ञवाली (मिडिया पर्सनालिटी तथा उद्यमी), मानसी अग्रवाल (अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक), पलेशा गोवर्धन (पहिलो नेपाली ओलम्पिक पदक विजेता, तेक्वान्दो खेलाडी), श्रेया गिरी (२०२४ फोर्ब्सको प्रभावशाली युवा व्यक्तिमा सूचीकृत, संस्थापक – ह्याप्पी माइन्ड्स), सङ्गीता पाण्डे (उद्यमी – आमाको अचार), सोनिका मानन्धर (टेक बिजनेस – एलोई) तथा रम्भा श्रेष्ठ (नि. अध्यक्ष – नेपाल महिला उद्यमी संघ, ललितपुर) रहेका छन् ।