२७ असार २०८३, शनिबार

शिक्षकहरु फेरि सडक आन्दोलनमा (तस्वीरहरु)

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । देशभरका शिक्षकहरु फेरि सडक आन्दोलनमा उत्रिएका छन । आज शनिबार शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत प्रदर्शन गरेका हुन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरु काठमाडामौं केन्द्रित भई शिक्षा ऐन जारी गर्न दबाब दिन बृहत आन्दोलन सहित सुरु गरिएको छ । उनीहरु माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै नयाँ बानेश्वरसम्म पुगेका छन् ।

विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न उनीहरुले आन्दोलन गरेका हुन् ।

महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यसअघि २०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरुको माग छ ।