३० जेष्ठ २०८३, शनिबार

देउवा–ओली समझदारी भएसम्म कसैले बोल्दैमा केही फरक पर्दैन : नेता ढकाल

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं जनवर्गीय संगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले सामाजिक सञ्जाल विधेयक मिडिया क्षेत्रको नियन्त्रण गर्न नभई अराजकता घटाउन ल्याउन लागिएको बताएका छन् ।

प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन समारोमा उनले विधेयकमा भएका कमजोरी सच्याउन आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘बलियो सरकार भएकै बेला सच्याऔं र कार्यान्वयनमा ल्याऔं, बलियो सरकार भएकै बेला काम गर्न सकिएन भनेपछि गर्न सकिँदैन,’ उनले भने ।

नेता ढकालले सरकार दुईपटक ढल्ने पनि बताए । ‘एकपटक २०८३ असारमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार र २०८४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार ढल्छ,’ उनले तर्क गर्दै भने ।

दुई नेता देउवा र ओलीको समझदारी भएसम्म कसैले बोल्दैमा फरक नपर्ने स्थायी कमिटी सदस्य ढकालको भनाइ थियो ।