२५ जेष्ठ २०८३, सोमबार

प्रवासी नेपाली मञ्चका उपसचिव चानक पोखरेल सम्मानित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार, २४ फागुन । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेल कतारमा सम्मानित भएका छन् । विगत लामो समयदेखि दोहामा रही निरन्तर, सामाजिक कार्यमा सक्रिय रहेका सामाजिक तथा कुशल राजनीतिक व्यक्तित्व पोखरेल दोहामा सम्मानित भएका हुन् ।

मोरङ–सुनसरी सेवा समाज कतारको २५औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा पोखरेललाई दोसल्लासहित मायाको चिनो प्रदान गरी सम्मानित गरिएको हो । सन् २००१ मा स्थापित मोरङ–सुनसरी सेवा समाज कतारको संस्थापक महासचिव, संस्था स्थापनादेखि हालसम्म गरेको भूमिकाको उच्च कदर गर्दै २५औं स्थापना दिवसको अवसरमा पोखरेललाई सम्मान गरिएको संथाले जनाएको छ ।

कार्यक्रममा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, सामाजिक व्यक्तित्व कमलमणि गुरागाईँ, सागर नेपाल, एनआरएनए कतार अध्यक्ष रमेश भट्ट, अध्यक्ष भीम बराइली, कोशी प्रदेशका सबै जिल्लाका नेताहरु सहभागी थिए ।

कार्यक्रममा समाजसेवी पोखरेलले आफूलाई सम्मानित गरेर संस्थाले नेपाली श्रमिकको पक्षमा काम गर्न थप हौसला प्रदान गरेको बताए । जुन समय दोहामा दूतावास थिएन, त्यो बेला नेपाली मजदुरका हक, हित, अधिकारको निम्ति संस्था स्थापना गरिएको र आजसम्म पनि संस्थाले सक्रियताका साथ सामाजिक, आर्थिक कार्यहरु निरन्तरता दिएको भन्दै उनले खुशी पनि व्यक्त गरे ।

आफूलाई सम्मान गरिएकोमा मोरङ–सुनसरी सेवा समाज कतारको सम्पूर्ण टिमप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै पोखरेलले आफूले सक्दो, समयले साथ दिएसम्म संस्थालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा राजदूत पौडेललगायतका वक्ताहरुले प्रवासमा रहेका नेपालीको समस्या समाधान र कतारमा रहेका श्रमिकको हित केन्द्रित अभियानको विषयमा आफ्नो धारणा राखेका थिए ।