२५ जेष्ठ २०८३, सोमबार

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले बैंकका वरिष्ठ डेपुटी सीईओ घिमिरेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

वर्तमान सीईओ सुनिल केसीको कार्यकाल यही महिना सकिन लागेकाले घिमिरेलाई चार वर्षका लागि नयाँ सीईओ नियुक्त गरिएको हो ।

तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ क्यारियर सुरु गरेका उनले एनएमबिमा झण्डै एक दशक बिताएका छन् । व्यवस्थापन र कानुन विषयमा एमबीएल र बीएल गरेका घिमिरेसँग कर्जा बैंकिङको बढी अनुभव छ ।