३० जेष्ठ २०८३, शनिबार

त्रिविका रेक्टर र डिनको कार्यकक्षमा तोडफोड, दोषीलाई कारबाही गर्न अनेरास्ववियुको माग

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्ग केसी र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शंकर खनालको कार्यकक्षमा भएको तोडफोडप्रति अनेरास्ववियुले निन्दा गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गरी नेविसंघबाट निर्वाचित स्ववियु सदस्यसहितको समूहले गराएको आक्रमण शिक्षण संस्थानको गरिमा र लोकतान्त्रिक अभ्यासविरुद्धको गम्भीर आघात भएको उल्लेख गरेका छन् ।

‘हिंसा र तोडफोड कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन, यस घटनामा संलग्न व्यक्तिहरूलाई कानुन अनुसार कारबाही हुनुपर्छ भन्ने जोडदार माग गर्दछु, साथै, नेविसंघको नेतृत्वलाई आग्रह गर्दछु— अराजक प्रवृत्तिमा संलग्न आफ्ना कार्यकर्तामाथि संगठनात्मक कारबाही गरी स्ववियु निर्वाचनको वातावरण स्वास्थ्य बनाउन अनुरोध गर्दछु’, विज्ञप्तिमा लेखिएको छ ।

शिक्षा प्रतिष्ठानभित्रको अशान्ति कुनै पनि विद्यार्थीलाई स्वीकार्य हुन नसक्ने अनेरास्ववियुले स्पष्ट पारेको छ । ‘स्वस्थ प्रतिस्पर्धा र लोकतान्त्रिक मूल्यमान्यताभित्र रहेर अघि बढौँ’, विज्ञप्तिमा लेखिएको छ ।