
काठमाडौं, २४ फागुन । नेकपा (एमाले)की सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले महिलाहरूले सदियौंको संघर्ष, परिवर्तनका लहर र असीम साहसको माध्यमबाट प्राप्त गरेका उपलब्धिहरूलाई गर्वका साथ स्मरण गर्नुपर्ने बताएकी छिन् ।
आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पूर्वमन्त्री अर्यालले शिक्षा, राजनीति, विज्ञान, अर्थतन्त्रदेखि समाजका हरेक क्षेत्रमा महिलाहरूको योगदान अतुलनीय रहेको उल्लेख गरेकी हुन् ।
अर्यालले भनेकी छन्, ‘तर समानता अझै टाढा छ । अवसरको पहुँच, पारिवारिक तथा सामाजिक विभेद, हिंसा र कार्यस्थलमा निष्पक्षताको अभाव जस्ता चुनौतीहरू अझै हट्न बाँकी छन् ।’
उनले महिला आन्दोलनलाई थप समावेशी बनाउँदै आर्थिक र सामाजिक सशक्तीकरणमा जोड दिनुपर्ने आवश्यकता औंल्याएकी छन् । साथै, समान अधिकार, आत्मनिर्भरता र सामाजिक न्याय सुनिश्चित गर्न सबै पक्षले हातेमालो गर्नुपर्ने कुरामा जोड दिएकी छन् ।
अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च)को अवसरमा शुभकामना !
सदियौँको संघर्ष, परिवर्तनका लहर र असीम साहले महिलाहरूले प्राप्त गरेका उपलब्धिहरू आज गर्वका साथ स्मरण गर्नुपर्दछ । शिक्षा, राजनीति, विज्ञान, अर्थतन्त्रदेखि समाजका हरेक क्षेत्रमा महिलाहरूले देखाएको योगदानहरू अतुलनीय छन् ।
तर समानता अझ टाढा छ । अवसरको पहुँच, पारिवारिक तथा सामाजिक विभेद, हिंसा र कार्यस्थलमा निष्पक्षताको अभाव जस्ता चुनौतीहरू अझै हट्न बाँकी छन् ।
महिला आन्दोलन थप समावेशी, आर्थिक, सामाजिक सशक्तीकरण, सशक्त बनाउनुपर्दछ । समान अधिकार, आत्मनिर्भरता र सामाजिक न्याय सुनिश्चितता गर्दै, आजको दिन (८ मार्च) समानताको यात्रालाई अझ दृढताका साथ अघि बढाउने प्रेरणा बनोस् !
उपलब्धिहरूमा गर्व गरौँ, चुनौतीहरूको सामना गरौँ र समतामूलक समाज निर्माणमा सबैले हातेमालो गरौँ । “सशक्त महिला, समृद्ध समाज” महिला आन्दोलनको यही अभियान बनोस् । सबैमा हार्दिक शुभ-कामना !!
पद्मा अर्याल
सचिव, नेकपा (एमाले)
एवं पूर्वमन्त्री








प्रतिक्रिया