३१ असार २०८३, बुधबार

कृषि विकास बैंकको मोवाईल एपमा अब नयाँ ‘एडीबीएल पे’ फण्ड ट्रान्सफर

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । कृषि विकास बैंकले आफ्नो मोवाईल बैंकिंगमा रकम भुक्तानीका लागि नयाँ सुविधा एडीबीएल थप गरी संचालनमा ल्याएको छ ।

बैंकले विभिन्न समयमा ग्राहकको माग र आवश्यकतालाई मध्येनजर गरी विभिन्न सेवाहरु बैंकको एडीबीएल स्मार्ट प्लस मोवाईल बैंकिंग एप मार्फत प्रदान गर्दै आईरहेको छ । यसै सन्दर्भमा बैंकले नेपाल पेमेन्ट सोलुसन्ससंगको सहकार्यमा फन्ड ट्रान्सर्फर तथा वालेट लोड सुविधा संचालनमा ल्याएको छ ।

बैंकको मोवाइल बैंकिङ एप एडीबीएल स्मार्ट प्लस मार्फत ग्राहकहरुले रकम ट्रान्सर्फर गर्न सक्नेछन् । जसका लागि रकम प्राप्त गर्नेको मोबाइल नम्बर वा सम्वन्धित बैंकको खाता नम्बर र खातावालाको नाम सहित रकम प्रविष्ट गरेर ट्रान्सफर गर्न सकिन्छ ।

यस सुविधाबाट बैंक खाता र वालेटहरूबीच हुने डिजिटल रकम ट्रान्सफर कारोबार छिटो, सहज र सुरक्षित रुपमा गर्न सकिने बैंकको बिश्वास छ । रकम ट्रान्सफरका लागि दुई तरिकाबाट भुक्तानी गर्न सकिने सुबिधा रहेकोमा पहिलोमा प्राप्तकर्ताको बैंक खातासँग जडान भएको मोबाइल नम्बर प्रयोग गरी सजिलै रकम भुक्तानी गर्न मिल्ने र दोश्रो तरिकामा रकम प्राप्तकर्ताको बैंकको नाम र खाता विवरण प्रविष्ट गरेर समेत बैंक खाताहरू बीच सजिलै रकम ट्रान्सफर गर्न मिल्छ । यसैगरि ग्राहकहरुले कुनै शुल्क बिना विभिन्न वालेटहरुमा समेत रकम जम्मा गर्ने सुविधा समेत यस सेवामा रहेको छ ।

एडीबीएल पे का विशेषताहरू-
मोबाइल बैंकिङ एप मार्फत रकम ट्रान्सफर गर्न सकिने ।
कृषि विकास बैंक लि. का ग्राहकहरूले न्यूनतम शुल्कमा रकम ट्रान्सफर गर्न सक्ने।
द्रुत र निर्बाध रूपमा रकम ट्रान्सफर हुने।
छिटो, छरितो र सहज कारोबार हुने ।
ग्राहकमैत्री सहज संचालन गर्न सकिने।
तुरुन्तै करोवार हुने ।