
काठमाडौं, २२ फागुन । निलम्बित काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काम गर्ने वातावरण बनाइदिन माग गर्दै सरकारलाई पत्र लेखेका छन् ।
गुरागाईँले आज घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र बुझाएका हुन् ।
काठमाडौं टावरमा १२ तलामा १९ तला थप गराएको सम्झौतामा हस्ताक्षर गरेको पाइएपछि मेयर बालेन शाहको उनलाई निलम्बन गरेका थिए । त्यसयता महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।
यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ ।
मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले काठमाडौं महानगरलाई बुधबार पत्राचार गर्दै भनेको छ, ‘प्रस्तुत विषयमा तहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सरोजप्रसाद गुरागाईं (क.सं.नं. १७२७७६) ले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण बिथोलिएको तथा मिति २०८१/०९/०८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकाले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनुहुन भनी यस मन्त्रालयमा निवेदन पेस गर्नुभएको हुँदा निजलाई तहाँ महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनुहुन यस मन्त्रालय ९मा। मन्त्रीस्तर० को २०८१/११/२१ को निर्णयानुसार अनुरोध छ ।’








प्रतिक्रिया