
काठमाडौं, २२ फागुन । गृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ ।
मन्त्रालयले ६ जनलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । सरुवा भएका ७ जनामध्ये रामकृष्ण अधिकारी नुवाकोटबाट गृह मन्त्रालयमा ल्याइएका छन् भने शशीधर घिमिरेलाई नुवाकोट पठाइएको छ ।
बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरेलाई नयाँ प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको हो ।









प्रतिक्रिया