
काठमाडौं, २२ फागुन । राष्ट्रिय युवा संघ नेपालको शिक्षा विभागले ‘जीवनका लागि खेलकुद शीर्षक’मा आयोजना गरेको राष्ट्रव्यापी खुला निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा दीपिन सिजापति प्रथम भएका छन् चने मोहन पोखरेल द्वितीय भएका छन् ।
यस्तै, प्रतियोगितामा समीक्षा दाहाल तृतीय भएकी छन् भने रचना अधिकारी र सन्दीप कुशवाह सान्त्वना भएका छन् ।
उनीहरूलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, संगठनका अध्यक्ष क्षितिज थेवे, संगठनका सचिव एवं शिक्षा विभाग प्रमुख कुवेर अधिकारीले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका छन् ।









प्रतिक्रिया