
काठमाडौं, २२ फागुन । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि आइपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो । प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेको हो ।
यस कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ ।
त्यस्तै, ६७ हजार ५०० कित्ता शेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।
सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा नबिकेमा चैत ७ गतेसम्म आवेदन भर्न पाइनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर आवेदन दिन सकिनेछ । यसमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । इक्रा नेपालले २०८१ भदौ ७ गते रेटिङ दिएको थियो । यो रेटिङ २०८२ भदौ ५ गतेसम्म बाहल रहनेछ ।








प्रतिक्रिया