३१ जेष्ठ २०८३, आइतबार

राजनीतिक स्थायित्व बिना विकास असम्भव : पूर्वमन्त्री अर्याल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, २२ फागुन । नेकपा (एमाले)की सचिव पद्माकुमारी अर्यालले राजनीतिक स्थायित्वको लागि मुलुकका दुई ठूला दल एमाले र नेपाली कांग्रेस एक ठाउँमा आएको बताएकी छन् ।

बुधबार वालिङ चेम्बर अफ कमर्सले आयोजना गरेको प्रथम पिंक सिटी वालिङ महोत्सव–२०८१ को उद्घाटन गर्दै पूर्वमन्त्रीसमेत रहेकी आर्यालले भनिन्, ‘राजनीतिक स्थायित्व बिना देशको विकास सम्भव हुँदैन, त्यसैले देशलाई अधोगतिबाट बचाउन देशका दुई ठूला शक्ति एक ठाउँमा आएका हौँ ।’

देश विकास र समृद्धिको चाहना मुलुकको राजनीतिक स्थायित्वले मात्रै प्राप्त हुन सक्ने भएकाले मुलुकको राजनीतिक स्थायित्वको संकलप गर्दै कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताउँदै पूर्वमन्त्री अर्यालले यो सरकार स्थायित्व र विकासको खाकासहित स्पष्ट लक्ष्य बनाएर अगाडि बढ्दा देश विकासका व्यवधानका पक्ष र नीतिगत रुपमा सुधार गर्नुपर्ने विषय वस्तुमा केन्द्रीत भएर सरकार अगाडि बढेको बताइन् । अहिलेको सरकार आइसकेपछि विकासका कार्यले तीव्रता पाएको बताउँदै उनले सरकारले विकास निर्माणका कामलाई तीव्रता दिएको बताइन् ।

लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार लागि परिरहेको बताउँदै पूर्वमन्त्री अर्यालले देशको आर्थिक विकसमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोले सरकाले नीजि क्षेत्रको माध्यमबाट देशको विकास कसरी गर्न सकिन्छ भनेर सरकार लागिपरेको समेत बताइन् । स्थानीय तहको समेत ठूलो भूमिका हुने भएकाले सबैतह मिलेर विकासका कामलाई अगाडी बढाउनुपर्नेमा अर्यालले जोड दिइन् ।

यसैगरी, पूर्वमन्त्री अर्यालले समग्र स्याङ्जाको विकासका लागि सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा सरकारले बजेटको व्यवस्था गर्ने बताउँदै यसको लागि अर्थमन्त्रीले समेत प्रतिवद्धता जनाइसकेकाले सिद्धार्थ राजमार्गको स्तरोन्नति हुनेमा विश्वस्त हुन आग्रह गरिन् ।