४ श्रावण २०८३, सोमबार

‘होस्टेल ३’को अग्रिम टिकट बुकिङ खुला गरियो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘होस्टेल ३’ को देशभर अग्रिम टिकटबुकिङ खुला गरिएको छ ।

नेपालकै सबैभन्दाठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजमा १५ शो तथा वन सिनेमाजमा ९ शो, बिग मुभिजमा ५ शो, र एफक्युब सिनेमामा ५ शो, बिएसआर सिनेमाजमा ४ शो समावेश छन् ।

बुधवार साँझसम्म देशभर करिब १२० शो संख्याको अग्रिम बुकिङ सुरु भएको छ भने बिहीबार दिउसोसम्म करिब २५० शो प्राप्त गर्ने अपेक्षा निर्माताहरूले गरेका छन् । हलहरूले उपलब्ध गराएको शो संख्या हेर्दा यस चलचित्रको व्यापक ओपनिङको प्रक्षेपण गरिएको छ ।

‘होस्टेल’ शृङ्खलाका अघिल्ला दुई संस्करणबक्स अफिसमा सफलभएकाथिए । यस कारणले नै तेस्रो भागलाई पनिदर्शकको राम्रो साथमिल्ने अपेक्षा गरिएको छ । यो चलचित्रयुवा पुस्तालाई लक्षित छ, जो नेपाली चलचित्रका मुख्य दर्शक वर्ग हुन्, उनीहरूबीच लोकप्रिय हुने सम्भावना छ ।

‘होस्टेल ३’ को ट्रेलर र प्रचार–प्रसारले सकारात्मक हाइप बनाएकाले हल सञ्चालकहरूले बक्स अफिसमा राम्रो व्यापार गर्ने अनुमान गरेका छन् । यसले गर्दा उनीहरूले अग्रिम रूपमा नै धेरै शो दिएका छन् ।

चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा बढेको थियो । ट्रेलर रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको ट्रेलरले २१ घण्टामा नै १० लाखभ्युजप्राप्त गरेको थियो भने हालसम्म यो क्रम २१ लखमाथि पुगिसकेको छ ।