११ असार २०८३, बिहिबार

कुलमानको पक्षमा विपक्षी दलहरू, हटाए आन्दोलनको चेतावनी

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । विपक्षी दहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न लागिएकोमा आपत्ति जनाएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले कुलमानलाई हटाउन लागिएकोमा आपत्ति जनाएका हुन् ।

प्रतिनिधि सभाको बुधबारको बैठक सुरू हुनेबित्तिकै विपक्षी दलका सांसदहरू बसेको ठाउँबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए।

पाण्डेले घिसिङमाथि पटकपटक स्पष्टीकरण सोधिएको र कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिएकोमा विरोध जनाउँदै सरकारलाई रूलिङ गर्न सभामुखलाई आग्रह गरे ।

‘अहिले स्पष्टीकरण सोध्नेमात्र होइन, उहाँको कार्यसम्पादन मूल्यांकनमा शून्य आएको भन्ने छ। बारम्बार यो सरकार विचौलियाहरूको पक्षमा लैजाने कुरा, जसले सधैँ बक्यौता रकम उठाउने कुरा गरिरहेको छ। त्यसमा पनि रोकावट आइरहेको छ। यो कुरालाई मध्यनजर गर्दै हामी हाम्रोतर्फबाट यो सरकारलाई यसो नगरियोस् भनेर गम्भीर खबरदारी गर्न चाहन्छौं,’ उनले भने, ‘हामी सरकारलाई यो बारेमा रुलिङ गर्नका लागि सभामुखलाई हार्दिक आग्रह गर्दछौं। रुलिङ नगर्दासम्म विरोधलाई हामी जारी राख्छौं।’

यस्तै, राप्रपा सांसद ज्ञानेन्द्र शाहीले घिसिङलाई हटाए सदन र सडकबाट विरोध गर्ने चेतावनी दिए।