
सल्यान, २१ फागुन । सल्यानमा नेकपा (एमाले) को जरा अभियान उदेश्य अनुरुप सफल बन्दै गएको छ । पार्टीको संगठन सुदृढीकरणमा उत्साहजनक सहभागिता देखिएको नेकपा एमाले सल्यानले बताएको हो ।
तीन महिने वडा केन्द्रित जरा अभियान अन्तर्गत जिल्लाका विभिन्न वडा र टोलहरुमा भेला, प्रशिक्षण लगायतका कार्यक्रमहरु निरन्तर चलिरहेका छन् ।
वडा, टोल र बस्तीस्तरमा पार्टी संगठनलाई जरोदेखि बलियो बनाउन यो अभियान सफल बन्दै गएको सहभागीहरुको भनाइ छ ।
पार्टीले छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ बल्लेखोलामा राखेको टोलस्तरीय कार्यक्रममा पनि उत्साहजनक सहभागिता देखिएको भन्दै जिल्ला कमिटी उपाध्यक्ष ओज बहादुर बुढाथोकीले जनताको चासो, गुनासो र आवश्यकतालाई बुझ्दै सम्बोधन गर्ने लक्ष्यसहित संचालन भएको जरा अभियानले सकारात्मक उर्जा संचार गरेको बताएका छन् ।
भेलाले विभिन्न जनवर्गीय संगठनको कमिटी गठन गर्दै संगठन विस्तारमा थप गति दिएको एमाले छत्रेश्वरीका अध्यक्ष ज्ञान बहादुर खड्काले जानकारी दिए । जनताको चाहना र आवश्यकतालाई नजिकबाट बुझ्दै संगठनलाई जरादेखि नै बलियो बनाउन यो अभियान प्रभावकारी बन्दै गएको पार्टी नेताहरुको भनाइ छ ।








प्रतिक्रिया