
काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे बस्नेगरी प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।
विपक्षी दलमा माओवादीसहित, नेकपा (एकीकृत समाजवादी), रास्वपा, राप्रपा र आजपालगायतका दलहरु बैठकमा सहभागी हुने बताइएको छ ।
आज बस्ने प्रतिनिधि सभाको बैठकमा पाँच अध्यादेश निर्णयार्थ पेश गरिने कार्यसूची छ । विपक्षी दलहरुले अध्यादेशको विरोध गर्ने रणनीति बनाउन बैठक बस्न लागेको बुझिएको छ ।








प्रतिक्रिया