२२ जेष्ठ २०८३, शुक्रबार

भीरबाट लडेर एक जनाको मृत्यु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २१ फागुन । गौमुल गाउँपालिकामा भीरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीय डम्बरबहादुर रोकायाको मृत्यु भएको छ ।

आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले बताए । उनी एक सय मिटर तल खोँचमा खसेका थिए ।