७ असार २०८३, आइतबार

पृथ्वीनारायणका खलक हुँदैमा सबै शाहलाई उस्तै सम्मान दिदैनौँ : गोकुल बास्कोटा

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेकपा (एमाले)का नेता तथा सांसद गोकुल बास्कोटाले पृथ्वीनारायण शाहका खलक हुँदैमा सबै शाहलाई उस्तै सम्मान नदिने बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बास्कोटाले पुनरुत्थानवादीहरुको चैतमा तताउने वैशाखमा सकाउने योजना चै सफल हुँदैन भन्दै पृथ्वीनारायण शाहका खलक हुँदैमा सबै शाहलाई उस्तै सम्मान नदिने बताएका हुन् ।

बास्कोटाले पृथ्वीनारायण शाहले नेपाल बनाएर इतिहास रचेको भन्दै ज्ञानेन्द्रले जनताको हक खोसेको हुनाले इतिहासले बिदा दिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्–

पुनरुत्थानवादीहरुको चैतमा तताउने बैशाकमा सकाउने योजना चै सफल हुदैन।पृथ्वीनारायण शाहका खलक हुदैमा सबै शाहलाई उस्तै सम्मान दिदैन।उनले नेपाल बनाएर ईतिहास रचे।यिनलाई जनताको हक खोसेको हुनाले ईतिहासले बिदा दियो।साईत हेर्न पर्दैन।पारश शाहलाई बिना पुर्वाग्रह स्वास्थ लाभको कामना गर्दछु।