९ श्रावण २०८३, शनिबार

डम्पिङसाइटमा सालनालसहित नवजात शिशुको शव फेला

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २१ फागुन । मकवानपुरको मनहरी गाउँपालिका–७ मा सालनालसहित नवजात शिशुको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार साँझ मनहरी–७ को फोहर विसर्जनस्थल (डम्पिङसाइट)मा सालनालसहित नवजात शिशु (छोरी)को शव फेला परेको हो ।

फोहोरहरू ट्याक्टरमा संकलन गरी डम्पिङसाइटमा ल्याएर विसर्जन गर्ने क्रममा त्यहाँका कामदारले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटाले जानकारी दिए । उनका अनुसार सालनालसहित रहेको शिशुको शव एकदुई दिन अगाडि मात्रै जन्माएर फालेको हुनसक्ने देखिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This