
काठमाडौं, २० फागुन । कलाकार सविन श्रेष्ठले ‘ए घरबेटी बा’ नामक वेव सिरिज लिएर आएका छन् । कमेडी जनरामा तयार पारिएको सिरिलको ट्रेलर सार्वजनकि भएको छ ।
दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी छिन् भने सविन श्रेष्ठ नामक युटुव च्यानलमार्फत प्रशारण हुनेछ । सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीको रुपमा देखिँदैछन् ।
काठमाडौं शहरमा कोठा भाडा लिई बस्ने दुई युवा र घरबेटीको कथालाई मुख्य आधार बनाइएको सिरिजमा मोनिका बुढाथेकी, सिताराम दाहाल, सुलेमान शंकर ईकु लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।
सविन श्रेष्ठ भन्छन्, ‘मैले काम गर्ने अक्सर एक्सन जनराका छन् तर वेवसिरिज लिएर आएका छौँ । काठमाडौं संघर्षको कथालाई कमेडी शैलीमा भन्न खोजेका छौँ । जसले दर्शकहरुलाई पूर्ण मनोरञ्जन दिनेछ ।’








प्रतिक्रिया