३ श्रावण २०८३, आइतबार

ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा निस्कियो आगो

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा आगो निस्किएको छ ।

टिकाथली र चांगाथलीबीचको गोदावरी खोला नजिक पर्ने ३०० मिटर जमिनमुनिबाट आगो निस्किएको हो । पानी ट्यांकी राख्न माटो खनेर सकिएपछि मेशिन फिट वाइलिङ गर्ने क्रममा निस्किएको आगोलाई बिहानदेखि निभाउने प्रयास जारी रहेको बतइएको छ ।

स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् ।

ललितपुर प्रहरी परिसरले यस विषयमा सिनियर टोली पठाएर बुझ्ने काम भइरहेको जानकारी दिएको छ ।