२४ जेष्ठ २०८३, आइतबार

विवाहको आश्वासन दिएर बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राउ

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, २० फागुन । सिरहामा एक प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाले इलाका प्रहरी कार्यालय लहानमा कार्यरत मुदाशाखाका प्रहरी जवान नवीन यादवलाई पक्राउ गरेको हो । पीडित महिलाले यादवविरुद्ध विहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । उनका अनुसार, इलाका प्रहरी कार्यालय लहानमा पटक–पटक जाहेरी दिन गएको, तर जाहेरी दर्ता नभएपछि जिल्ला प्रहरी कार्यालयमा गएर उजुरी दर्ता गराउनु परेको थियो ।

पीडित महिलाले यस विषयमा इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु सोतिसमक्ष समेत गुहार मागेकी थिइन् । तर, जाहेरी दिन खोज्दा प्रहरी जवानकै कारण अवरोध झेल्नुपरेको उनको गुनासो छ ।

यता, इलाका प्रहरी कार्यलय लहानका डिएसपी विष्णु सोतिले आफूसमक्ष कुनै पनि महिलाले आफ्नो जवान विरुद्ध जाहेरी लिएर नआएको बताए । आफ्नै इलाकाको प्रहरी जवान भएपनि अनुसन्धामा सहयोग पुर्‍याएको सोतिको दाबी छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले कानुनी प्रक्रिया अनुसार पीडितको जाहेरीका आधारमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी यादवलाई पक्राउ गरिएको जानकारी दिए । हाल उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यता, पीडित महिलाले प्रहरीलाई ब्लाकमेल गर्न खोजेको आरोप लगाइएको छ । एक प्रहरीसँग नै मुद्दा हाल्नुभन्दा अगाडि एक छिन सोच्न दिनुस् भनेर भनेकी ती महिलाले बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएको बताइएको छ ।