२६ जेष्ठ २०८३, मंगलबार

७७ वटै जिल्लामा पुग्यो प्रभु बैंक, दार्चुलामा नयाँ शाखा सञ्चालन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि ३१२औं शाखा कार्यालयको रुपमा सुदूरपश्चिम प्रदेश दार्चुलाको महाकाली नगरपालिका वडा नं. ०४ स्थित खलंगामा दार्चुला शाखा खोली सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरिरहेको छ । प्रभु बैंकको यो अभियानले देशैभर बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेको छ ।

बैंकको दार्चुला शाखा कार्यालयको उद्घाटनमा बैंकका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुख लगायत स्थानीय बासिन्दा, सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आए पश्चात् स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै, दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैंकको सेवा अब देशका ७७ वटै जिल्लामा विस्तार भएको बैंकले जनाएको छ ।