२८ आश्विन २०८३, बुधबार

दिनभरका TOP 15 NEWS : बालेनमाथि खनिइन् सुनिता, ह्वाइट हाउसमा राष्ट्रपतिद्वयबीच चर्काचर्की

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको सन्दर्भमा मेयर बालेन्द्र साहको रवैयालाई लिएर उपप्रमुख सुनिता डंगोलले असन्तुष्टि व्यक्त गरेकी छन् ।

छानबिन समितिको प्रतिवेदन लुकाएर दोष अन्त थोपर्न खोज्नु उचित नभएको उनको भनाइ छ । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि छानबिन गर्न गठन गरेको समितिले म्याद गुज्रिँदा पनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।

मेयर साहले भने अर्को प्रशासकीय अधिकृत नपठाएर सरकारले महानगरलाई असहयोग गरेको गुनासो गर्दै आएका छन् । उनले सामाजिक सञ्जालमा समेत प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध समेत स्टाटस लेखिरहेका छन् । मेयर साहले निरन्तर टीकाटिप्पणी गर्न थालेपछि उपप्रमुख डंगोलले असन्तुष्टि व्यक्त गरेकी हुन् ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–