२८ असार २०८३, आइतबार

घरको छत खस्दा एकै परिवारका ५ जनाको मृत्यु

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १७ फागुन । भारतको उत्तरी राज्य पञ्जाबमा शनिबार घरको छाना खस्दा एक परिवारका पाँच सदस्य (एक दम्पती र तिनका तीन छोराछोरी)को मृत्यु भएको प्रहरीले जनाएको छ ।

पञ्जाबको सहर अमृतसरबाट २८ किलोमिटर दक्षिणमा रहेको तरनतारन जिल्लाको पाण्डोरी गोला गाउँमा स्थानीय समयअनुसार बिहान ४ः३० बजे एउटा पुरानो घरको छाना खसेको थियो ।

प्रहरीका अनुसार परिवारका सदस्य सुतिरहेका बेला माथिको छत खसेको थियो ।

‘घटना लगत्तै स्थानीयहरूले उद्धार कार्य गरे र उनीहरू सबैलाई भग्नावशेषबाट निकाले । उनीहरूलाई अस्पताल लगिए पनि त्यहाँका डाक्टरहरूले उनीहरूलाई मृत घोषणा गरे,’ एक प्रहरी अधिकारीले बताए ।

घर जीर्ण अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रहरीले घटनामा मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ । सिन्ह्वा