१७ असार २०८३, बुधबार

युवा उद्यमी श्रेष्ठ एमालेमा प्रवेश

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । नेकपा (एकीकृत समाजवादी) को जनसङ्गठन उद्योग बाणिज्य महासङ्घकी केन्द्रीय सदस्य एवम् युवा उद्यमी मेनका श्रेष्ठ नेकपा (एमाले)मा प्रवेश गरेकी छिन् ।

मकवानपुर निवासी श्रेष्ठलाई आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्यद्वय डा. राजन भट्टराई र भानुभक्त ढकालले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

युवा व्यवसायी श्रेष्ठले हेटौडामा सिलाई प्रशिक्षण केन्द्र सञ्चालन गर्नुका साथै विभिन्न संघसंस्थामा रहेर सामाजिक काम गर्दै आएकी छिन् ।

उनी नेपाल उद्योग वाणिज्य महासंघ, बाग्मती प्रदेश महिला विकास समितिको सहसंयोजक, हेटौंडा गार्मेण्ट उद्योग समूहको अध्यक्ष, मकवानपुर जिल्ला लघु उद्योग संघको सचिव, नेवा गुठी खल मकवानपुरको उपाध्यक्ष लगायत विभिन्न सामाजिक संस्थामा सक्रिय छिन् ।

श्रेष्ठले गत वर्ष उत्कृष्ट लघु उद्योग राष्ट्रिय पुरस्कार प्राप्त गरेकी छिन् भने केही बर्षअघि उद्योग मन्त्रालयबाट राष्ट्रिय पुरस्कार प्राप्त गरेकी थिइन् ।