
सिन्धुपाल्चोक, १६ फागुन । आज बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण एकजना घाइते भएका छन् ।
भूकम्प आएपछि भाग्न खोज्दा सिन्धुपाल्चोक कारागारमा रहेका भोटेकोशी गाउँपालिका–५ का अन्दाजी ३३ वर्षीय स्याङबो तामाङ घाइते भएका हुन् । उनको अहिले चौतारा अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी भूकम्पले इलाका प्रहरी कार्यालय कोदारीको ब्यारेक भवनमा पनि क्षति गरेको छ । आज बिहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र भएर ६।१ म्याग्निच्यूडको भूकम्प गएको हो।









प्रतिक्रिया