
काठमाडौं, १५ फागुन । शिवम् सिमेन्ट्स लिमिटेड अवार्ड्स फर कर्पोरेट एक्सेलेन्स–२०२४ इन म्यानुफ्याक्चरिङ क्याटगोरीबाट सम्मानित भएको छ ।
यही फागुन १३ गते काठमाडौंमा कर्पोरेट क्लब नेपाल प्रालिद्वारा आयोजित द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सेलेन्स कार्यक्रममा शिवम् सिमेन्ट्सलाई उत्पादनमुलक वर्गीकरण कम्पनीहरूमध्येबाट उत्कृष्ट छनोट भई अवार्डबाट सम्मान गरिएको हो । कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरू तथा संस्थाहरूलाई अवार्ड प्रदान गरिएको थियो, जसमध्ये शिवम् सिमेन्ट्स लिमिटेडलाई अवार्ड्स फर कर्पोरेट एक्सेलेन्स–२०२४ इन म्यानुफ्याक्चरिङ क्याटगोरी अवार्डबाट सम्मानित गरिएको हो । यसरी उत्कृष्ट उत्पादनमूलक उद्योगको रूपमा स्थापित शिवम् सिमेन्टले विगतका दिनहरूमा समेत विभिन्न अवार्डहरूबाट सम्मानित भइसकेको छ ।
५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् ओपीसी सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला–ठूला परियोजनाहरुका साथै अनेकौँ संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समयदेखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।
नेपालको केन्द्र भाग हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिङ्कर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवासमेतका कारणले शिवम् सिमेन्ट ग्राहकहरूले अत्यधिक रुचाएको सिमेन्ट हो ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा बीआईएस (आईएसआई), यूआरएस प्रमाणित आईएसओ प्रमाणपत्रप्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा समेत निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।








प्रतिक्रिया