३१ जेष्ठ २०८३, आइतबार

सिप्रदी ट्रेडिङले ‘टाटा मोटर्स वन वर्ल्ड २०२४’मा जित्यो ७ प्रतिष्ठित अवार्ड

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने ‘टाटा मोटर्स वन वर्ल्ड २०२४’ कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिले सात उत्कृष्ट अवार्ड जितेको छ । यसले गर्दा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएको छ । साथै, ‘पायोरिङ इभी एक्पान्सन’का लागि विशेष कदर पत्र प्राप्त गर्दै नेपालले शून्य-उत्सर्जन सवारीसाधनको विस्तारमा अघि बढ्ने प्रतिबद्धता पुनः स्थापित गरेको कम्पनीले जनाएको छ ।

सिप्रदी ट्रेडिङले नेपाललाई सबै प्रमुख सेग्मेन्टहरूमा सबैभन्दा उच्च बजार हिस्सा दिलाउँदै निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यसले नेपाललाई कमर्सियल सवारीसाधन क्षेत्रमा अग्रणी स्थानमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । सिप्रदी ट्रेडिङको यो उपलब्धि ग्राहकहरूको विश्वास, टीमको निरन्तर मेहनत, र टाटा मोटर्सका विश्वसनीय उत्पादनहरूको प्रतिफल हो । सबै प्रमुख सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै सिप्रदी ट्रेडिङले बजारमा आफ्नो बलियो उपस्थिति कायम राख्दै आएको छ ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘हामी हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवा र सुलभ सवारीसाधन प्रदान गर्न सधैं प्रतिबद्ध छौँ । यी पुरस्कारहरूले हाम्रो टीमको मेहनतलाई सम्मान गर्दै, ग्राहकहरूलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने प्रेरणा दिएको छ । हामी यो सफलता हाम्रा सबै ग्राहकहरूलाई समर्पित गर्छौँ, जसले हामीमाथि विश्वास गर्नुभयो र टाटा गाडीलाई पहिलो रोजाइ बनाउनुभयो । नेपालले हरेक वर्ष आफ्नो स्थान बलियो बनाउँदै गएको छ, र यो सफलता हाम्रो प्रतिबद्धताको प्रमाण हो ।’