२३ जेष्ठ २०८३, शनिबार

कर्भ इभी नेपालमा सार्वजनिक, टप भेरिएन्टको मूल्य ५६.९९ लाख

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । भारतको प्रख्यात विद्युतीय सवारी निर्माता टाटा इभीको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कर्भ इभीको टप भेरिएन्ट सार्वजनिक गरेको छ ।

राजधानीमा आयोजित ‘टाटा इभीः चार्जज्ड फर द फ्युचर’ कार्यक्रममा सिप्रदिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय बिजनेस हेड यश खंदेलवालले कर्भ इभी सार्वजनिक गरेका हुन् । टाटा कर्भ इभिको टप भेरिएन्ट मूल्य ५६.९९ लाख रुपैयाँ रहेको छ । सोही कार्यक्रममा कर्भ इभीको साथै टाटाका नयाँ गाडीहरु नेक्सन केथ्री इभी र टियागो इभी २०२५ को मोडल पनि नेपालमा डेलिभरी सुरु भएको घोषणा गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंदेलवालले भने, ‘टाटा इभीः चार्जज्ड फर द फ्युचरले’ नेपालको समग्र इभी इको सिस्टमलाई सबल र सुदृढ गर्नेप्रति टाटाको प्रतिवद्धतालाई पुनः पुष्टि गर्दछ । हाम्रो उद्देश्य भनेको नयाँ र गुणस्तरयुक्त उत्पादनमार्फत समग्र नेपाली यातायात प्रणालीको विद्युतीकरणको दिशामा सकारात्मक योगदान गर्नु हो । नेपालमा कर्भ इभीको प्रवेशसँगै विशिष्ट प्रकारको अत्याधुनिक एसयूभी कुपे डिजाइनको सुरुवात भएको छ । प्रभावकारी रेन्ज र नयाँ प्रविधिले सम्पन्न यस गाडीले नेपाली अटो बजारमा ‘प्रिमियम मोबिलिटी’लाई साँच्चै सम्भव बनाएको छ ।’

त्यस्तैगरी, सिप्रदी ट्रेडिङका कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘हामी नेपालमा कर्भ इभी टप भेरिएन्ट भित्र्याउन पाउँदा अत्यन्त उत्साहित छौँ । कर्भ इभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्वपुर्ण नेपाल बाटो घाटोलाई सुहाउँने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजइमा पर्नेमा हामी दुक्क छौँ ।’

कर्भ इभी टप भेरिएन्टको विशेषताहरूः

कर्भ इभी टप भेरिएन्ट टाटा इभीको उन्नत पियोर इभी आर्किटेक्चर–एक्टी इभीमा आधारित छ । यसमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । ५०० लिटरको बुट स्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिने छ । नेपाली बाटोमा सजिलै ३८० किलोमिटरको रेञ्ज पाउन सकिन्छ । यसमा एडिएस लेभल २ को क्षमता, ६ वटा एयरब्याग, अल व्हिल डिस्क ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आइ भीबीएससहितको इएसपी रहेको कर्भ इभीले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउँछ । गाडीमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टचस्कृन इन्फोटेन्मेन्ट, २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस–असिस्टेड पानोरामिक सनरूफ, मल्टि–मूड एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिट जस्ता विशेषताहरू छन् । यस एसयुभीमा सरल र सहज चार्जिंगको लागि घरको भित्तामा जडान गर्न मिल्ने ७.२ किलोवाट एसी र डीसी फास्ट चार्जिङको सुविधा छ, जसबाट १०–८० प्रतिशत चार्ज मात्र ४० मिनेटमा पूरा गर्न सकिन्छ ।