२१ जेष्ठ २०८३, बिहिबार

पाल्हीनन्दन गाउँपालिकामा दुई समूहबीच झडप, प्रहरीले चलायो गोली

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, १३ फागुन । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकामा दुई समूहबीच झडप भएको छ ।

पाल्हीनन्दन गाउँपालिका वडा नम्बर-३ बेलासपुरमा स्थानीय दुई समूहबीच झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रु ग्यास र ३ राउन्ड हवाइ फायर गरेको छ ।

झडपमा परर ५ जना सिभिल प्रहरी, १५ जना प्रहरी र ५ जना स्थानीय गरी २० जना घाइते भएका छन्।

करिब तीन महिनाअघि सो गाउँका युवायुवतीबीच भागी विवाह भएको थियो । सोही विषयलाई लिएर केटी पक्षले केटाका बुवालाई गत माघमा कुटपिट गरेपछि झडपले उग्र रूप लिएको थियो ।

अहिले झडप नियन्त्रणमा आएपनि पुनः झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।