१६ असार २०८३, मंगलबार

काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाका लागि छुटेको बस काभ्रेमा दुर्घटना, १८ जना घाइते

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, १३ फागुन । काठमाडौंबाट रामेछापको मन्थलीहुँदै ओखलढुङ्गा जानका लागि छुटेको बस काभ्रेमा दुर्घटनामा परेको छ ।

रामेछापको मन्थली,धोबी, ढाँडे हुँदै ओखलढुङ्गाको पोकली हिँडेको अरनिको यातायातको प्रदेश ३–००१–००५ ख ९९४२ नम्बरको बस मंगलबार बिहान बिपी राजगमार्गको काभ्रेको धुलिखेल नगरपालिका १० शारदा बतासेमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको छ । दुर्घटनामा बसमा सवार चालक र सहचालक सहित २४ जना सवार मध्ये १८ जनाघाइते भएका प्रहरीले जनाएको हो ।

घाइतेलाई उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको छ । घटनास्थलमा अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट प्रहरी सहायक निरीक्षक हरिबहादुर काफ्लेको कमाण्डमा ४ जना ट्राफिक सहितको टोली खटिएको काभ्रे प्रहरीले जनाएको छ ।