१ असार २०८३, सोमबार

अण्डाको मूल्य बढ्यो, कति पुग्यो ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १३ फागुन । हिजो (सोमबार)देखि लागू हुनेगरी अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।

मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा)को तीन सय ९० रुपैयाँ, ठूलो अण्डा चार सय १० रुपैयाँ र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य चार सय २५ रुपैयाँ पुगेको छ । यसअघि मध्यम अण्डा प्रतिक्रेट तीन सय ५० रुपैयाँ, ठूलो अण्डा तीन सय ७० रुपैयाँ र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रुपैयाँ रहेको थियो । यो फार्म मूल्य हो ।

बजारमा अण्डाको माग बढेको र लागतसमेत बढी रहेकाले मूल्य बढाउनु परेको अध्यक्ष पोखरेलको भनाइ छ ।