२९ जेष्ठ २०८३, शुक्रबार

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा ओझालाई नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले अन्तिम छनोटमा परेका पाँच जनामध्ये ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम सिफारिस गरेको थियो । आवेदन दिएका १२ जनामध्ये ओझा, पुडासैनी, बस्यौला, कमलप्रसाद रेग्मी र चिरञ्जीवी चापागाईं अन्तिम छनोटमा परेका थिए ।