
काठमाडौं, १२ फागुन । काठमाडौंको ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने ५ जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
सोमबार काठमाडौं जिल्ला अदालतले अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई १० हजार रुपैयाँ, गोपालबहादुर शाहीलाई १० हजार, नविन सिं ऐरलाई १० हजार, दिनेश सिग्देललाई १० हजार र रमेश कुमार फुलारालाई १५ हजार रुपैयाँमा छाड्न आदेश दिएको हो।
उनीहरु धरौटी बुझाएर रिहा भैसकेका छन् ।
गत माघ २५ गते ठमेलमा उनीहरूले प्रहरी हवल्दार जगुलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टमाथि कुटपिट गरेका थिए ।








प्रतिक्रिया