३१ जेष्ठ २०८३, आइतबार

तुलसीपुर बजारमा सीसी क्यामरा जडान गर्न मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, १२ फागुन । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानलाई साथ दिएको छ । यस कार्यक्रमअन्तर्गत तुलसीपुर बजार क्षेत्रमा हुनसक्ने अपराधिक गतिविधि तथा दुर्घटना न्यूनिकरण र पहिचान गर्न विभिन्न स्थानमा सीसीटीभी क्यामरा जडान गर्न बैंकले ५१ हजार रुपैयाँ आर्थिक सहायोग गरेको हो ।

उद्योग वाणिज्य संघको पहलमा सञ्चालित यस अभियानले समग्र तुलसीपुर बजारको सुरक्षा नियन्त्रण प्रणालीमा टेवा पुग्ने र स्थानीय जनतामा समेत सुरक्षाको प्रत्याभुती मिल्ने बैंकले विश्वास लिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनय केसी, संघका अन्य पदाधिकारीहरु र तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुखको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा बैंकका तुलसीपुर शाखा प्रमुख सरोजकुमार लामिछानेले ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।

बैंकले ‘नेपालमै टिक्न, सजिलो छ’ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मालगायत जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।