
काठमाडौं, १२ फागुन । काठमाडौंको ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने ६ जनाविरूद्व मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
मुद्दा दर्ता गरिएकामा एमाले विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीसहित दिनेश सिग्देल, रमेश फुलारा, नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही छन्।
उनीहरूले गत माघ २४ गते सुरक्षामा खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टलाई ठमेलका कुटपिट गरेका थिए।









प्रतिक्रिया