७ असार २०८३, आइतबार

माओवादी सांसदको प्रश्न- कुलमानले उज्यालो नेपाल बनाएर के गल्ती गरे ?

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइने भनेर भइरहेको हल्लाप्रति आपत्ति जनाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर र मुलुकलाई लोडसेडिङ मुक्त गराएर के गल्ती गरे ? भन्दै प्रश्न गरे ।

उनले भने,‘कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका, भोलि, पर्सी हटाइन्छ भनेर हल्ला सुनिन्छ । उज्यालो नेपाल बनाएर के गल्ती गरे ? घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे, मुलुकलाई लोडसेडिङ मुक्त गराउँदा के गल्ती गरे कुलमानले, भारत र बंगलादेशमा बिजुली बेच्ने निर्णय गराएर के गल्ती गरे कुलमानले ?’

साथै उनले विद्युत् नियमन आयोगले विद्युत् महसुल तिर्नेहरूको लाइन काट्ने कि नतिर्नेहरूको काट्ने भन्दै प्रश्न समेत गरे ।