२५ असार २०८३, बिहिबार

ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम गरियो, अर्का इन्स्पेक्टरविरूद्व जाहेरी

7.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १२ फागुन । पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिमरत एक जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) शनिबार राती मृत भेटिएकी छिन् ।

सशस्त्र प्रहरी बलमाकार्यरत सिन्धुपाल्चोक घर भएकी २८ वर्षीया इन्स्पेक्टर सन्तोषीमहत मृत अवस्थामा भेटिएकी हुन् । शनिबार राति ९ बजे ब्यारेकको महिला शौचालय नजिकको बीममा झुण्डिएको अवस्थामा महतको शव भेटिएको सशस्त्रप्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उनको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले जानकारी दिए । उनले भने,‘उनको शवको पोष्टमार्टम भएको छ । शव अस्पतालमै छ । शसस्त्र आन्तरिक छानविन समितिले काम गरिरहेको छ, घट्नाबारे अहिले केही भन्न सक्ने अवस्था छैन् ।’

यसैबीच, मृतकका परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ ।

महतको परिवारले कास्की प्रहरीमा दुरुत्साहनको जाहेरी दिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी श्याामबाबु ओलियाले जाहेरी आएको पुष्टि गरे । अब दर्ता गरेर पक्राउ पुर्जी लिएर अनुसन्धान गर्ने तयारी प्रहरीको छ ।

महतको परिवारले १६ बेसिकका एक इन्स्पेक्टर विरुद्ध किटानी जाहेरी दिएका छन् । ती इन्स्पेक्टर र महत प्रेमी–प्रेमिका रहेको परिवारको दाबी छ । उनैका कारण महतले आत्महत्या गर्नु परेको जोहरीमा उल्लेख गरिएको छ ।