७ असार २०८३, आइतबार

डोजरले खसालेको ढुंगाले लाग्दा ६ वर्षीय छोराको मृत्यु, आमा गम्भीर घाइते

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, १२ फागुन । मुगुको सोरु गाउँपालिका अन्तर्गत पर्ने वडा नम्बर १० बजुरेदेखि दोमुख जोड्ने सडक निर्माणको क्रममा डोजरले ढुंगा खसाल्दा एक जनाको मृत्यु भएको छ ।

हुम्लाबाट आफ्नो घर धैनतिर फर्किदै गर्दा सोरु गाउँपालिका १० बलाडि नजिकै डोजरले खसालेको ढुंगा लागेर धैन घर भएका ६ वर्षका बालक लोकजङ्ग नेपालीको घटनास्थलमै मृत्यु भएको हो । आमा कल्पना नेपाली सिकिस्त घाइते भएको स्थानीयले बताएका छ्न ।

यो सडक खण्डको ठेक्का हुम्ला निवासी धुब्र शाही र डोजर धनी सोही वडा निवासी नवराज मल्लले सडकको निर्माण जिम्मा लिएका छन् ।

घटना सदरमुकामदेखि टाढा भएको हुनाले थप विवरण आउन बाँकी रहेको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ ।

घाइते कल्पना नेपालीलाई जिल्ला सदरमुकाम गमगढी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।