२१ जेष्ठ २०८३, बिहिबार

सामाजिक सञ्जालमा यस्तै घृणा र आक्रोश रहे जस्तो व्यवस्था आए पनि देश बन्दैन : शंकर पोखरेल

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा बढ्दो घृणा, आक्रोश, गालिगलौजको अपसंस्कृति भित्रिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

सोमबार बिहान समाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘आजभोलि नेपाली समाजमा विशेषगरी सामाजिक सञ्जालमा जुन प्रकारको घृणा, आक्रोस र गालिगलौचको अपसंस्कृति भित्रिएको छ, यो कायम रहने हो भने जो नेता भएपनि जस्तो शासन व्यवस्था आएपनि देश र समाजको अधपनलाई कसैले रोक्न सक्दैन ।’

महासचिव पोखरेलले देशको विकास र समृद्धिका लागि नेतृत्वप्रति विश्वास र भविष्यप्रति आशावादी दृष्टिकोण आवश्यक रहेको बताए । उनका अनुसार काम गर्न सक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिन्छ ।

‘सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई फगत निरासातर्फ मात्र धकेल्दछ । समाजको नेतृत्व गर्न चाहने व्यक्ति, समूह र राजनीतिक दलहरु यस्ताकुरामा गम्भीर हुनु पर्दछ ।’ महासचिव पोखरेलले भने ।