
चितवन, १२ फागुन । प्रेस चौतारी नेपाल बागमती प्रदेशको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट तिलकराम रिमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा प्रज्वल पौडेल र तारादेवी बस्नेत चुनिएका छन् ।
यसैगरी, महासचिवमा प्रकाश दाहाल निर्वाचित भएका छन् भने सचिवहरुमा गोविन्द घिमिरे, भोला पौडेल, लक्ष्मण घिमिरे, रूपक कोइराला, नवराज श्रेष्ठ र जगत तामाङ चुनिएका छन् । कोषाध्यक्षमा रामशरण दुलाल निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले शपथग्रहण गराएका थिए ।









प्रतिक्रिया