१२ असार २०८३, शुक्रबार

एमालेलाई बलियो बनाउन ‘जरा केन्द्रित’ अभियान : महासचिव पोखरेल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले पार्टीलाई बलियो बनाउनका लागि ‘जरा केन्द्रित अभियान’ सञ्चालन गरेको बताएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज भएको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन ९नेपोन० बागमती प्रदेश कमिटी दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जरा केन्द्रित अभियानको मिसन २०८४ सालमा हुने निर्वाचनमा एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्ने रहेको बताएका हुन् ।

मुलुक बनाउनका लागि बलियो राजनीतिक दल आवश्यक रहेको उल्लेख गर्दै महासचिव पोखरेलले एमाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सक्ने क्षमता बोकेको पार्टी भएको धारणा राखे । उनले निर्णायक शक्ति निर्माण गर्ने यात्रामा भूपुपूर्व सैनिक तथा प्रहरी सङ्गठनको योगदान रहने बताए ।

नेपालमा रहेको जनशक्तिलाई सीप, ज्ञान र क्षमता प्रदान गरेर परिचालन गर्न अहिलेको आवश्यकता रहेको महासचिव पोखरेलको भनाइ थियो । उनले बलिया राजनीतिक दल निर्माण गरेर राज्यलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

“जबसम्म पार्टी बलियो हुँदैन जनता बलिया हुँदैनन । पार्टी बलियो नभई राज्य बलियो हुँदैन । त्यसैले लोकतन्त्रमा राज्य बलियो बनाउन बलिया पार्टी आवश्यक हुन्छन”, महासचिव पोखरेलले भने । उनले नागरिकलाई पुँजी निर्माणतर्फ अग्रसर गराउनुपर्ने बताए ।